काठमाडौ । सिभिल अस्पतालको सघन कक्षमा भीषण आगलागी भएको छ ।

भारतको महाराष्ट्र राज्यस्थित अहमदनगर स्थित सिभिल अस्पतालमा आगलागी हुँदा १० जना कोभिडका बिरामीको मृत्यु भएको छ। अन्य सात जना बिरामी घाइते भएका छन्।

सातमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जना खतरामुक्त रहेको टाइम्स अफ इन्डियामा समाचार छ। अस्पतालको पहिलो र दोस्रो तत्लामा आगलागी भएको थियो। अस्पतालको पहिलो तल्लामा १७ जना कोभिडका बिरामी उपचारत थिए।

विद्युत शट भई अगलागी भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। आगलागीको कारणबारे थप अनुसन्धन भइरहेको एनडीटीभीले बताएको छ।

मृतकका आफन्तलाई ५–५ लाख रुपैयाँ दिने घोषणा
महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनाको छानबिन गर्न पनि निर्देशन दिएका छन् ।

यसैबीच प्रदेशका स्वास्थ्यमन्त्री राजेश टोपेले मृतकका आफन्तलाई ५–५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । घटनाको छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन डिसीलाई निर्देशन दिइएको छ ।

यो समाचार तयार पार्दासम्म आगलागीको कारण खुल्न सकेको छैन । यस घटनासँग सम्बन्धित केही भिडियो पनि बाहिर आएका छन् । यस्तै एउटा भिडियोमा अस्पतालको तल्लो तलाबाट धुवाँ निस्किरहेको देखिन्छ ।

यसै क्रममा अर्को भिडियोमा आगो निभिएपछि केही मानिसहरु बिस्तारै वार्ड भित्र पसिरहेको देख्न सकिन्छ । त्यहाँ अस्पतालको पर्खाल र छत धुवाँले कालो भएको छ । यसबाहेक अर्को भिडियो पनि बाहिर आएको छ, जसमा डाक्टरहरू आगो र धुवाँका कारण बेहोस भएका मानिसहरूलाई जीवित पार्न खोजिरहेका छन्।

सम्बन्धित खबरहरु