अबुधाबी । जारी टी–२० विश्वकपमा अस्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राखेको छ ।

शनिबार सम्पन्न समूह चरण अन्तर्गतको अन्तिम खेलमा वेस्ट इन्डिजमाथि अस्ट्रेलियाले ८ विकेटको सहज जित निकालेको हो। समूह ए मा अस्ट्रेलिया एक मात्र खेल हारेर दोस्रो स्थानमा छ ।

अविजित इङ्ल्याण्ड पहिलो स्थानमा छ । अहिले इङ्ल्याण्ड र दक्षिण अफ्रिका खेलिरहेका छन् । यो खेलमा तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका इङ्ल्याण्डसँग पराजित हुने सम्भावना धेरै छ ।

पराजित भएको खण्डमा अस्ट्रेलिया सहजै सेमिफाइनलमा जानेछ । जितेको खण्डमा नेट रन रेटको आधार हेरिनेछ ।

यूएईको जायद क्रिकेट रंगशालामा भएको खेलमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ गरेपछि साविक विजेता वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो। १५८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १६।२ ओभरमै २ विकेट गुमाएर भेट्टायो।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले नटआउट ८९ रन बनाए। त्यस्तै मिचेल मार्शले ५३ रन बनाए। वेस्ट इन्डिजका लागि अकिल होसेन र क्रिस गेलले १र१ विकेट लिए।

यसअघि ब्याटिङ गरेको वेस्ट इन्डिजले खराब सुरुवात गरेको थियो। ३।३ ओभरको समाप्तीमा उसले ३ विकेट गुमाउँदै ३५ रन बनाएको थियो। उसका लागि कप्तान किएरोन पोलार्डले ४४ तथा एभिन लेविसले २९ रन जोडेका थिए। त्यस्तै क्रिस गेलले १५ रन बनाएका थिए।

अस्ट्रेलियाका लागि जोश ह्याजलवुडले ४ विकेट लिए भने आडम जाम्पाले १ विकेट हात पारे। त्यस्तै मिचेल स्टार्क र प्याट कुमिन्सले १र१ विकेट लिए।

यो जितसँगै अस्ट्रेलियाले सेमिफाइनल पुग्न केही सहज भएको छ। यद्यपि इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीचको खेलले उसको भविष्य निर्धारण गर्नेछ।

इङ्ल्यान्डलाई दक्षिण अफ्रिकाले फराकिलो अन्तरमा पराजित गरे दक्षिण अफ्रिका सेमिफाइनल पुग्न सक्नेछ। यदि इङ्ल्यान्ड विजयी भए अस्ट्रेलिया समूहको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गर्नेछ। इङ्ल्यान्ड भने ४ खेलमा शतप्रतिशत नतिजा निकाल्दै शीर्षस्थानमा रहेको छ।

यसैबीच इङ्ल्यान्ड र दक्षिण अफ्रिाकाको खेल पनि सुरु भइसकेको छ। शार्जाह क्रिकेट रंगशालामा भइरहेको खेलमा इङ्ल्यान्डले टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्ता दिएको छ।

तत्कालिन अवस्थामा दक्षिण अफ्रिकाले १२ ओभर ३ बलको समाप्तीमा २ विकेट गुमाएर ९४ रन जोडिसकेको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु