काठमाडौ । दिदीबहिनीले दाजुभाइलाई टीका र फूलको माला लगाउँदै आज देशभर भाइटीका मनाइएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका र फूलमाला लगाउनुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र बहिनी सुशीला पाण्डेले टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिनुभयो ।

उक्त तस्वीरहरु अहिले निक्कै साझा भइरहेका छन् । अधिकांशले आफ्नो संस्कारको सम्मान भन्दै तस्वीरहरु प्रस्तुत गरिरहेका छन् । राष्ट्रप्रमुख आफै भाईको सामु टीका लगाउँदा हाम्रो संस्कारको महत्व देखिएको प्रतिक्रिया धेरैबाट आएको छ ।

त्यस्तै, पूर्व राजा ज्ञानेन्द्र शाहले बहिनी शोभाराज्यलक्ष्मी शाहबाट टीका र फूलमाला लगाउनुभएको छ । पूर्व राजा शाहले कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका र फूलमाला लगाउनुभएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले दिदीबहिनीबाट टीका लगाउनुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति निवासमा उहाँका दिदीबहिनीले टीका र फूलमाला लगाइदिनुभएको हो ।

 

सम्बन्धित खबरहरु