काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र वीर बिक्रम शाहले बहिनी शोभा राज्यलक्ष्मी देवी शाहीसँग भाइटीका लगाउनुभएको छ ।

पूर्व राजा शाहले कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका र फूलमाला लगाउनुभएको हो ।

यस्तै पूर्वयुवराज पारस वीर विक्रम शाहले उहाँकी बहिनीहरू पूजा राज्य लक्ष्मीदेवी शाही, शीताष्मा राज्य लक्ष्मी देवी शाह तथा दिलाशा राज्य लक्ष्मी देवी राणासँग भाइटीका लगाउनुभएको छ ।

भाइटीका लगाएका तस्वीरहरु बाहिर आएका छन् । उहाँहरु निक्कै खुशी मुद्राका तस्वीरहरु बाहिर आएका हुन् ।

दिदीबहिनीले दाजुभाइलाई टीका र फूलको माला लगाउँदै आज देशभर भाइटीका मनाइएको छ।

यता राष्ट्रपति विद्यादेवी भण्डारीले कान्छो भाइ डेगेन्द्र पाण्डेलाई टीका र फूलमाला लगाउनुभयो । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र बहिनी सुशीला पाण्डेले टीका लगाई दुबो, मखमली, सयपत्री र गोदावरी फूलको माला लगाइदिनुभयो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले दिदीबहिनीबाट टीका लगाउनुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति निवासमा उहाँका दिदीबहिनीले टीका र फूलमाला लगाइदिनुभएको हो ।

 

सम्बन्धित खबरहरु