काठमाडौ । विश्वभरी नै नेपालीहरुले आफ्नो र देशको नाम राखिरहनुभएको छ । नेपाल र नेपालीको नाम रोशनी गर्ने धेरै नेपाल आमाका सपुतहरु हुनुहुन्छ ।

यही सूचीमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत नेपाली छोरी प्रहरी उपरीक्षक (एसपी) संज्ञा मल्लपनि पर्नुभएको छ । उहाँलाई ११औं राष्ट्रसंघीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यालयले आज प्रेस विज्ञप्ति जारी गरी एसपी मल्ललाई पुरस्कृत गर्न लागिएको जनाएको छ। उहाँलाई २३ कात्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले पुरस्कार प्रदान गर्नुहुनेछ ।

एसपी मल्ल प्रजातान्त्रिक गणतन्त्र कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुख हुनुहुन्छ । उहाँले कङ्गोको राजधानी किन्सासामा यो एकाइ स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको संयुक्त राष्ट्रसंघको ठहर छ ।

सम्बन्धित खबरहरु