काठमाडौ । एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उननीहरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो ।

यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए ती युवती त चर्चित वयश्क फिल्मकी स्टार पो रहिछन् । यो घटना बेलायतको हो ।

३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका युवकसँग बिहे गरेकी थिइन् । इफोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको एक्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।

एमीले ‘ब्राण्डी ब्रेवर’ नाम प्रयोग गरेर कैयौं त्यस्ता फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् । उनको यस्तो एक्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुँदा नै भएको थियो ।

एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले द सन वेबसाइटसँग भने ‘उनलाई यही हप्ता मात्र एमीको पृष्ठभूमिबारे थाहा भएको छ । उनी पहिले यो कुरा थाहा पाउनबाट चुके । अब उनको विचार ‘हामी सबैको एक अतीत हुन्छ’ भन्ने छ ।’

एमीकी एक मित्रले द सनसँग कुरा गर्दै भने ‘एमी एक वयश्क फिल्मकी स्टार थिइन् र सधैं सोच्थिन् कि उनका एक्स रेटेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ? तर, अब यो सबै पछाडि छुटिसकेको छ ।’

उनले अगाडि भने ‘यो त्यस किसिमको कुरा होइन जसलाई तपाइँ आफ्नो नयाँ साथीसँग शेयर गर्नुहुन्छ । यस्तोमा उनका पतिलाई एक्लै छोडिदिनुस् ।’

सम्बन्धित खबरहरु