काठमाडौ । जापानी राजकुमारी माकोले हालै शाही परम्पराको विरुद्ध गएर आफ्ना ब्वायफ्रेण्ड केइ कोमुरोसँग बिहे गरेकी थिइन् ।

उनले सामान्य नागरिकसँग विवाह गरेका कारण राजकुमारीको पदवी नै खोसिएको थियो ।

यो बिहेका कारण माको र कोमुरो लगातार चर्चामा थिए । यही बीचमा उनीहरु फेरि चर्चामा छन् । राजकुमारी माकोका पनि केइ कोमुरो न्यूयोर्कको बार परीक्षामा फेल भएका छन् ।

डेलीमेलको एक रिपोर्टअनुसार राजकुमारी माकोका पति कोमुरोले यसै वर्ष गर्मीको सुरुवातमा वकिल बन्नको लागि न्यूयोर्क स्टेट बारको परीक्षा दिएका थिए । यसको परीक्षाफल शुक्रबार न्यूयोर्क स्टेट बोर्ड अफ ल एग्जामिनर्सको वेबसाइटमा प्रकाशित गरिएको छ । परीक्षामा सफल परीक्षार्थीहरुको सूचीमा केइ कोमुरोको नाम छैन ।

फेल भएपछि कोमुरोले पढाइ जारी राख्ने बताएका छन् । उनले आगामी फेब्रुअरीमा फेरि परीक्षा दिने बताए । राजकुमारी माकोले पनि आफ्ना पतिको पढाइमा सहयोग गरिरहने बताएकी छिन् ।

२९ वर्षकी माको जापानका पूर्व सम्राट अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा आफ्ना ब्वायफ्रेण्ड कोमुरोसँग इंगेजमेन्ट गरेकी थिइन् ।

कोमुरो एक सामान्य परिवारका हुन् र अमेरिकाको एक कानुन व्यवसायी कम्पनीमा काम गर्छन् । कोमुरोसँग बिहे गरेपछि राजकुमारी माकोले शाही दर्जा गुमाएकी छिन् ।

 

सम्बन्धित खबरहरु