एजेन्सी । इटलीको नयाँ राष्ट्रिय एयरलाइन्स कम्पनीका कैयौं एयरहोस्टेसले बीच सडकमा उभिएर आफ्नो कपडा खोलेर कम्पनीको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

इटलीको नयाँ एयरलाइन्स कम्पनी आइटिए एयरवेजमा भएको पारिश्रमिक कटौतीको विरोधमा यी एयरहोस्टेस सडकमा उत्रिएका थिए ।

उनीहरुले आफूहरुको मेहनतले कम्पनी सफलताको उचाइमा पुगेको भए पनि आफूहरुसँग अन्याय गरिएको आरोप लगाएका छन् ।

आइटिए एयरवेजका एयरहोस्टेसहरुले केहीलाई जागिरबाट निकालिएको र विशेषगरी सबैको पारिश्रमिक कटौती गरिएको विरोध कपडा खोलेर गरेका हुन् ।

लगभग ५० महिला एयरहोस्टेसहरु आफ्नो युनिफर्ममा सडकमा आए त्यसपछि उनीहरुले कपडा खोलेर आफ्नो भित्री वस्त्रमा उभिएर कम्पनीविरुद्ध विरोध प्रदर्शन गर्न थाले ।

ट्रेड युनियनले पनि जो कर्मचारी कम्पनीमै रहेका छन् उनीहरुलाई कम पारिश्रमिक दिइएको बताएका छन् ।

आइटिए एयरवेजकी एक एयरहोस्टेसले सीएनएनलाई बताएअनुसार पारिश्रमिक कटौतीको साथमा उनीहरुले बढुवा पनि गुमाएका छन् । उनीहरुलाई पहिले नै बताइएको छैन कि उनीहरु कहिले र कहाँ काम गर्नेछन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु