काठमाडौ । बसको ठक्करबाट ठूलो मानवीय क्षति भएको छ । हेटौंडाबाट नारायणगढका लागि छुटेको बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना पैदलयात्रु घाइते भएका छन् ।

बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले शनिवार राति देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक भएको दुर्घटनामा सोही ठाउँका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएको र एक जनाको भने चितवनमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

घटनापछि स्थानीयले बसमा आगजनी गरेका थिए । आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले बल प्रयोग गर्न खोजेपछि प्रहरीले तितरवितर गरेको छ । प्रहरीले बल प्रयोग गर्ने क्रममा प्रवक्ता रिमाल घाइते भएको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु