काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको आन्दानीमाथि प्रश्न उठाउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाउनुभएको हो ।

‘हामी बेलायत जाने भिसा पाउँदैनथ्यौं । बाबुरामका छोराछोरीले भिसा पाउँथे । कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त ?’

उहाँले भन्नुभयो, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन । कुन पासपोर्टबाट जानुभएको थियो ? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त ?’

ओलीले अगाडि भन्नुभयो, ‘तपाईका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २–४–५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा ? कहाँको आम्दानीले ?’

पुलिस रेकर्ड खराब भएका कारण आफूलाई पासपोर्ट बनाउनसमेत गाह्रो भएको ओलीले सुनाउनुभयो । तर प्रचण्ड बाबुराम युरोप घुमेको भन्दै उहाँले भन्नुभयो, ‘मैले पासपोर्ट लिएको बहुदलीय व्यवस्था आएर ०४८ मा सांसद भएपछि । (हाँस्दै) प्रचण्ड बाबुरामजीको पुलिस रेकर्ड खराब हुँदैनथ्यो ।’ हाम्रो हुन्थ्यो किनकी हामी त्यो बेला नागरिकका लागि क्रान्ति गरिरहेका थियौँ ।

सम्बन्धित खबरहरु