काठमाडौ । आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ ।

विश्वविजेता भारत भने सेमिफाइनल नखेल्दै बाहिरिने पक्का भएको छ । समूह २ को न्युजिल्याण्डले ४ खेल जितेर सेमिफाइनल सुनिश्चित गरेसँगै भारत बाहिरिने पक्का भएको छ ।

अर्को बलियो टीम अफगानिस्तानपनि अन्तिम खेलमा न्युजिल्याण्डसँग हारेसँगै बाहिरिएको छ ।

आजको खेलमा न्युजिल्याण्ड अफगानिस्तानसँग ८ वीकेटले विजयी बन्यो । पाकिस्तानले भने सर्वाधिक पटक टी–२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो ।

भारतले अब नामिबियासँग खेल्नेछ । भारतले नामिबियासँग जित निकालेपनि सेमिफाइनलको यात्रा सकिनेछ । किनकी न्यजिल्याण्डले ५ खेलमा ४ खेल जितेर सेमिफाइनल यात्रा निश्चित गरेको छ । पाकिस्तानलेपनि अविजित सेमिफाइनल यात्रा निश्चित गरेका छ ।

पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ। पाकिस्तान कीर्तिमानी पाँचौँ पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन्।

दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ।

सन् २००९ को टी–२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन । पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन ।

सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी–२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो। र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ।

पाकिस्तान, इङ्ल्यान्ड र अष्ट्रेलिया टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन्। भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन् । सबैभन्दा धेरै पटक टी–२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः

  • पाँच पटक–पाकिस्तान
  • चार पटक–अष्ट्रेलिया
  • चार पटक–श्रीलंका
  • चार पटक– वेस्ट इन्डिज
  • तीन पटक– इंग्ल्याण्ड
  • तीन पटक–भारत
  • दुई पटक–न्युजिल्याण्ड
  • दुई पटक–दक्षिण अफ्रिक

भारत र न्युजिल्याण्ड टोलीसँग सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ ।

सम्बन्धित खबरहरु