काठमाडौ । जनताका छोराछोरीको काँधमा जनयुद्धको भारी र हतियार बोकाएर आफ्ना छोराछोरी विदेश पढाएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी नेताको आलोचना गर्नुभएको थियो ।

त्यसमापनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी छोरी तथा जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईको विदेश अध्ययनको आम्दानी के हो ?

आफ्ना छोराछोरी विदेश पढाएर जनताका छोराछोरीको काँधमा जनयुद्धको भारी र हतियार बोकाउने बाबुराम जी जवाफ दिनुस् भन्नुभएको थियो ।

त्यसलाई उक्त टिप्पणीमा मानुषीले राजनीतिलाई कतिन्जेल हावादारी र मजाक बनाउने ? भन्दै उल्टै ओलीलाई प्रश्न गर्नुभएको थियो । तर उक्त विषयमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले प्रमाण नै पेश गर्नुभएको छ । सामाजिक सञ्जाललाई क्रेडिट दिएर उहाँले ओलीले सतथ्य बोल्नुभएको दावी गर्नुभएको छ ।

तथ्य स्वयं बोल्छ
जनताका छोराछोरीको काँधमा जनयुद्धको भारी र हतियार बोकाएर
आफ्नी प्यारी छोरीचाहिँ बेलायत, देहरादुन, दार्जिलिङ र नयाँदिल्लीका महंगा स्कुलमा ?

केपी शर्मा ओलीले सतथ्य नै बोल्नुभएको छ ः
मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको शुरुवात काठमाडौंकै स्वर्णीम स्कूलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कूलमा पढिन्।

आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाई बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाई पूरा गरिन्। उनले बेलायतमा न्यूक्यासलस्थित क्राइस्ट चर्च स्कूलमा पढेकी हुन्। उनले कक्षा ५ काठमाडौंमै पढिन्।

मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स् स्कूलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज् स्कूलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कूलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जे एन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्।

कपी ः सोसल मिडियामै भेटिएको
पुनश्चः प्रश्न मानुषिप्रति हुँदै होइन, डा. बाबुराम भट्टराईप्रति हो। युद्धकालमा शिक्षक, विध्यार्थी र विध्यालयहरूलक्षित गरिएका ज्यादति त नेपाली समाजले बिर्सन सक्दैन। अझ यिनैले अरूलाई उपदेश दिएको र पानी माथिको ओभानो बनेको पो मिलेन ।

सम्बन्धित खबरहरु