काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका लागि झनै कठिन क्षण आइरहेको छ । नेपाल बार एशोसिएसनको तर्फबाट यहाँलाई कठिन घडी झनै थपिदै गएको हो ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठक समेत बहिस्कार गर्ने निर्णय लिएको छ । यसले प्रधानन्यायाधीशलाई हरेक कदममा कठिन हुने देखिन्छ ।

जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारको सोमबार बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजाने निर्णय गरेको हो ।

साथै बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय गरेको महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।

बारले अब वार की पार हुनेगरी झनै शसक्त आन्दोलन गर्ने तयारी गरेको छ । यसका लागि बारले रणनीति बनाइरहेको बुझिएको छ ।

सम्बन्धित खबरहरु