काठमाडौ । संयुक्त राष्ट्र संघद्वारा हरेक ४/४ बर्षमा Reimbursement rate को समिक्षा गर्नका लागि गर्ने गरिएको Quadrennial Survey का सम्बन्धमा छलफल तथा निरीक्षण कार्यको लागि उक्त संघका UNO Assistant Secretary General (ASG) Mr. Christian Saunders ( संयुक्त राष्ट्र संघ सहायक महासचिव)  को नेतृत्वमा रहेको निरीक्षण टोलीको आज मिति २०७८ कार्तिक २२ गते नेपाल आएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपरथी सिताराम खड्काले स्वागत गर्नु भएको थियो ।

दुई दिने निरीक्षण भ्रमणको सिलसिलामा नेपाल आउनु भएका Assistant Secretary General (ASG) Mr. Christian Saunders ले आजै प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटघाट गर्नु भएको छ ।

भोलि २०७८ कार्तिक २३ गते ASG, Mr. Saunders ले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण तथा रक्षामन्त्री तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । उक्त निरीक्षण टिम भोली नै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।

उहाँ संयुक्त राष्ट्र संघका सहायक महासचिव हो । अन्तर्राष्ट्रिय शीर्ष व्यक्तित्व शिष्टाचार भेटमा समेत आफ्नो झोला आफैसँग बोकिरहेको अवस्थामा देखिनुभयो ।

नेपालका प्रधान सेनापतिसँगको शिष्टाचार भेटमा उहाँले आफ्नो झोला आफै बोक्नुभएको थियो । नेपालका सामान्य नेताहरुको भने डायरी बोक्ने समेत धेरै जना आसेपासे हुन्छन् । सांसदलाई समेत नीजि सचिव दिएर राज्य कोषबाट भत्ता बाँडिन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु