काठमाडौ । इन्दिरा राना मगरलाई अब विश्वले नै चिन्छ । साहारा गुमाएका सयौँ बालबालिकाकी आमा भनेर विश्वभरी नै आमा शब्दले बोलाइन्छ ।

बन्दी सहायता नेपाल नामक संस्था मार्फत उहाँले गरेको मानव सेवाको प्रसंशामा विश्वका उत्कृष्ट पुरस्कार र पदवी पाइसक्नुभएको छ ।

उहाँलाई अशोका फेलो देखि जुनियर नोबेल पुरस्कार भनेर चिनिने वल्ड चिल्ड्रेन अनररी अवार्ड विश्व समुदायले दिइसकेको छ ।

उहाँले त नेपाललाई चिनाउनुभयो अहिले उहाँले नै हुर्काएकी छोरीले आफ्नो पहिचान बनाएर देशको सेवा गर्ने र देशलाई विश्वभरी चिनाउने प्रणका साथ सबैको ध्यान तान्न सफल सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी बन्नुभएको छ ।

हो ४ बर्षको उमेरदेखि बन्दी सहायता नेपाल नामक संस्थामा आमा इन्दिरा राना मगरसँगै हुर्किएकी निशु कुमारी साह अहिले चौथो मिस ग्राण्ड नेपाल २०२१ को प्रतियोगी बन्नुभएको छ । उहाँले यो प्रतिस्पर्धाको उत्कृष्ट प्रतियोगीको रुपमा आफूलाई उभ्याई सक्नुभएको छ ।

मानसिक रोगका कारण आफूलाई नै सम्हाल्न नसक्नुभएका बाबुवाट नै आमाले यो धर्ती छोड्नुपरेको त्यो कहाली लाग्दो दिनले निशुको साहारा खोसिएको थियो ।

४ बर्षको उमेरमा आमाको स्वर्गारोहण र बाबुको जेलको बासले निशु एक्ली बन्नुभयो । उहाँलाई बन्दी सहायता नेपालले शिक्षा, दिक्षा र पालन पोषण गरिरहेको छ ।

उहाँ सानै उमेरदेखि पढ्नमा अत्यन्तै मेधावी हुनुहुन्थ्यो । एसईईमा समेत सर्वोत्कृष्ट अंक ल्याउनुभएकी निशुले अहिले दश जोड दुई विज्ञान विषयमा पूरा गर्नुभएको छ । उच्च शिक्षाको पहिलो खुड्किलो प्लस टु मा समेत उहाँको उत्कृष्ट अंक छ । काठमाडौको अक्सफोर्ड स्कुलमा विद्यालय शिक्षा लिनुभएकी निशुको प्लस टु निष्ट कलेज काठमाडौमा पूरा भयो ।

अब उहाँ चिकित्सक बनेर देशको सेवा गर्ने सोचमा हुनुहुन्छ । गायन, कला क्षेत्रमा विशेष रुची रहेकी निशुको फरक–फरक भाषा र संस्कृतीमा रहेर काम गर्ने लक्ष्य छ । त्यसका लागि उहाँलाई पहिलो सफलता चुम्न यो प्रतियोगिता जसरीपनि जित्नु छ ।

संकर्षको बास्तविक कथा र साहसको एक पात्र निशुलाई विजयी र सफल हेर्न चाहानेहरुले जतिसक्दो भोट गर्नुपर्नेछ ।

उहाँलाई भोट गर्नका लागि तलको भिडियोबाट जानकारी लिनुहोस् । जतिसक्दो सेयर गरेर उहाँलाई सहयोग गर्नुहोस् । मानिस भएपछि खास यसरी सफताको भर्याङ्ग चढ्न सक्ने र चढ्न खोज्नेका लागि साथ दिनु हो । हामीले यो सामाग्री प्रकाशन गरेर उहाँलाई सहयोग गरेका छौ अब पालो तपाईको ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु