काठमाडौ । अहिले देशका अधिकांश पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जलतथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौं उपत्यकाको मंगलबा बिहानको न्यूनतम तापक्रम ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको छ। महाशाखाका अनुसार आज कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको असर पर्ने छैन।

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा कुनै उल्लेखनिय मौसमी प्रणालीको असर छैन।

हाल मौसमको अवस्था (Present Weather Status) हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २३ गते (मंगलबार)

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २४ गते (बुधबार)

दिउँसो: प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २५ गते (बिहिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours) प्रदेश न १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

सम्बन्धित खबरहरु