काठमाडौँ, १२ माघ । एकिकृत माओवादी नेतृत्वको मोर्चाको विरोधका विच संविधान सभाबाट प्रश्नावली समिति गठन गरेपछि दलहरु विच अहिले धु्रविकरण भएको छ ।

नयाँ संविधान निर्माणका लागि प्रक्रिया पक्षधर र प्रक्रिया विरोधी दलहरुका विचमा ध्रुविकरण भएको हो । एकिकृत माओवादी नेतृत्वको प्रक्रिया विरोधी दलहरुले प्रश्नावली समिति गठनको निर्णय फिर्ता नलिदा सम्म प्रक्रिया पक्षधर काँग्रेस एमाले सहितका दलहरुसंग बार्ता नगर्ने बताएका छन भने प्रक्रिया पक्षधर दलहरुले वार्ता र छलफलका लागि आह्वान गरिरहेका छन ।

प्रक्रिया पक्षधर दलहरुले विरोधमा उत्रिएका दलहरुसंग वार्ताका लागि प्रधानमन्त्री शुशिल कोईरालालाई जिम्मेवारी दिएका छन । प्रधानमन्त्री कोईरालाले आज विभिन्न चरणमा छुट्टा छुट्टै छलफल गर्ने योजना बनाउनु भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ । उहाले अन्य सरोकारवालाहरुसंग पनि परामर्श र छलफल गर्नु हुने भएको छ ।

मोर्चै मोर्चाको बैठक

प्रक्रियाबाट संविधान बनाउनु हुदैन भन्ने पक्षका दलहरुले नयाँ रणनिति बारे आज छलफल गर्न लागेका छन । आफुहरुको विरोधका वावदुत प्रक्रिया पक्षधर काँग्रेस एमाले लगाएतका दलहरुले प्रश्नावली समिति गठन गरेपछि प्रक्रिया विरोधी दलहरु नयाँ रणनिति बारे छलफलमा जुट्ने भएका हुन । उनिहरुले अहिले पार्टी भित्र आन्तरिक छलफल गरी चरण चरणमा दुईपक्षिय र वहुपक्षिय छलफल गर्ने योजना बनाएका छन ।

सवै भन्दा पहिले प्रक्रियाको विपक्षमा रहेका एकिकृत माओवादी, मधेशी मोर्चा र अशोक राई नेतृत्वको संघिय समाजवादी पार्टीका विचमा छलफल हुने भएको छ ।

त्यसपछि एमाओवादी नेतृत्वको १९ दलिय मोर्चाको बैठक बस्ने तयारी भएको मोर्चाका नेताहरुले जानकारी दिएका छन ।

वहसमा नेताहरु

सुचना तथा संचार मन्त्री डा मिनेन्द्र रिजालले संविधान सभाबाट बन्ने संविधान जनताको संविधान हुनु पर्ने बताउनु भएको छ ।

नेपालवाणी नेटवर्कसंगको कुराकानीमा मन्त्री रिजालले दुई तिहाई भन्दा बढी जनताको समर्थन बन्ने संविधाननै जनताको संविधान हुने तर्क गर्नु भयो ।

सम्बन्धित खबरहरु