जनकपुरधाम । ‘बझिनिया’ भन्दै धनुषाको सबैला नगरपालिकामा एक श्रीमानले श्रीमतीको ज्यान लिइएको घटना सार्वजनिक भएको छ ।

छोरा जन्ममाउन नसकेको भन्दै सबैला नगरपालिका ३ बस्ने ३५ वर्षीय लालबाबु साफीले ३० वर्षीया श्रीमती अजमेरी खातुनको घाँटीमा दवाव दिएर ज्यान लिएको मृतकका माइती पक्षको आरोप छ ।

१३ वर्षअघि प्रेम विवाह गरेकी अजमेरीलाई लामो समयदेखि छोरा र दाईजोलाई लिएर साफी र उनका वहिनी नुरजहा खातुन, दाई मन्जुर साफीले मानसिक तनाव दिदै आएको खातुनका बुबा मोहम्मद आलमले बताउनुभयो ।

कार्तिक ८ गते राती मदिरा पिएर साफीले घरमा सुतिरहेका छोरीको घाँटीमा दवाव दिएर ज्यान लिएको उहाँको आरोप छ । मृतकको शरिरभरि संकेत देखिएको र घाँटीमा समेत नीलको संकेत देखिएको उहाँको भनाइ छ ।

किटानी जाहेरी दिएपनि प्रहरीले आरोपीलाई कारबाही गर्न तदारुकता नदेखाएको मृतककी आमा गुलशन खातुनले आरोप लगाउनुभयो ।

यता, ईलका प्रहरी कार्यालय सबैलाका प्रहरी उपरीक्षक राजेश सिग्देलले घटनामा भएलगतै मृतकका श्रीमान लालबाबु साफीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताउनुभयो ।

घटनामा संलग्न अन्य आरोपीको खोजबिन गरिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘चाडपर्वको कारण घटनाको अनुसन्धान केहि प्रभावित हुन पुगेको छ । अब अनुसन्धान अगाडि बढ्छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु