काठमाडौं । दाङ, बबई गाउँपालिका-२ एकलेबरस्थित सडकमा सल्यान कालिमाटीबाट तुलसिपुरतर्फ आउँदै गरेको भे.१ ज ५२२ नम्बरको जिप आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार कालीमाटी गाउँपालिका-३ चौरी बस्ने ४० वर्षीय देब बहादुर सुनारको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका अन्य १९ जनालाई उपचारको लागि तुलसीपुर अस्पताल पठाईएकोमा ३ जनाको अवस्था गम्भीर रहेको छ ।

अन्य ८ जना उपचारपश्चात डिस्चार्ज भएका छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट, बौधिमाई नगरपालिका-५ कोप्वास्थित सडकमा ना.६ त ७९७९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५६ वर्षीय सुरेश प्रसाद यादवको ट्रयाक्टरले थिचिएर मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि वीरगंजतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु