काठमाडौं । सुर्खेत, लेकवेशी नगरपालिका(१ ढापखर्क बस्ने गगन बहादुर सुनारकी छोरी ७ वर्षीया मनिषा सुनार घरबाट करिब ५ सय मिटर टाढा रहेको खरबारीमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

आइतबार सामान किन्न भनी घर नजिकैको पसलमा गएकोमा फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनी मृत फेला परेकी हुन् ।

नवलपरासी (पूर्व), गैडाकोट नगरपालिका-१३ सिख्रौलीस्थित नारायणी नदीमा हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु