काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग मंगलबार साँझ शिष्टाचार भेट गर्नुभएको छ ।

सो भेटमा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच प्रधानसेनापति शर्मा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणको सिलसिलामा मंगलबार बिहान सेनाको विशेष विमानमार्फत राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

भारतीय स्थल सेनाध्यक्ष एवं समकक्षी एमएम नरवणेको निमन्त्रणामा भारत प्रस्थान गर्नुभएको हो ।

प्रधानसेनापति नियुक्त भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।

प्रधानसेनापति शर्मालाई बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छध्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उहाँ चार दिने भारत भ्रमण सम्पन्न गरी कात्तिक २६ गते स्वदेश फर्किनुहुनेछ ।

प्रधानसेनापति शर्माले राष्ट्रपति कोविन्द, रक्षा सचिव अजय कुमार, चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत र वायु सेनाध्यक्ष एयर चिफ मार्सल भीआर चौधरीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबरहरु