काठमाडौं । राष्ट्र सङ्घीय शान्तिसेनामा कार्यरत नेपाली प्रहरी अधिकृत (एसपी) संज्ञा मल्ल ‘यूएन वुमन पोलिस अफिसर अफ दी इयर’ United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) बाट सम्मानित हुनुभएको छ ।

 

हाल मल्ल कङ्गोस्थित राष्ट्र सङ्घीय शान्ति मिसनको स्वास्थ्य तथा वातावरण विभागमा सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले उहाँको कार्यदक्षतासँगै अतिरिक्त योगदानका कारण सम्मानित हुनुभएको जानकारी दिनुभयो ।

यो सम्मान पाउँदा आफू निकै गौरवान्वित भएको उल्लेख गर्दै मल्लले यसबाट आफ्नो देश र विश्वका आफूजस्ता अन्य धेरै युवा महिलाका लागि प्रेरणा जगाएको बताउनुभएको छ ।

https://twitter.com/antonioguterres/status/1458295854452944901

सम्बन्धित खबरहरु