काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन चङ्बुङका स्थानीय प्रविण बस्नेतको घरमा आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

मध्यराती अर्थात रातको १२ बजेपछि आगलागी भएका कारण घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत कुनैपनि सामान तथा धनसम्पत्ति निकाल्न नपाउँदा बढी क्षति भएको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण भने आइनसकेको सिदिङ्वा गाउँपालिकाका कार्यपालिका सदस्य तथा सोही वडाका जनप्रतिनिधि अमर इधिङ्गोले बताउनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण बुधबार साँझसम्ममा आउने पनि कार्यपालिका सदस्य इधिङ्गोले जानकारी दिनुभयो ।

यता घरमा आगो लाग्नुको कारण पनि खुलिनसकेको प्रहरीचौकी साब्लाखुले जनाएको छ ।

सम्बन्धित खबरहरु