काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिनुभएको छ । उहाँले गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिनुभएको हो ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्ने भए चुनाव लडेर आउन शाहलाई चुनौती दिनुभएको हो ।

आफूले प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भनेर ज्ञानेन्द्र शाहलाई भनेको तर उहाँले आफूलाई जेलमा कोचेको स्मरण गर्दै देउवाले भन्नुभयो, ‘त्यतिबेलादेखि नै गणतन्त्रको माहोल शुरु भयो ।’

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ’ देउवाले भन्नुभयो, ‘शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’

संविधानमा केही असन्तुष्टि आफ्नो पनि रहेको बताउँदै देउवाले त्यसलाई सुधार्दै जाने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई स्वर्णपदकबाट सम्मान गरिएको थियो ।

सम्बन्धित खबरहरु