काठमाडौं । पूर्व प्रधानमन्त्री एबं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या समाधान गर्न नयाँ पार्टीको स्थापना गरिएको बताउनुभएको छ ।

दार्चुलाको गोकुलेश्वर बसपार्कमा आयोजित एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, “नेपालको राजनीतिमा नेकपा (एकीृकत समाजवादी) कम्युनिष्ट आदर्शप्रति समर्पित हुन, जनताको सेवा गर्न र समाजमा रहेका बिकृति बिसंगतिलाई अन्त्य गर्दै जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य रोजगारीको व्यवस्था गर्ने उद्देश्यले गठन गरिएको हो ।”

राष्ट्रियसभा निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा उपनिर्वाचनमा पाँच दलिय गठबन्धन कायमै रहने उहाँले प्रष्ट पार्नुभयो ।

एकीकृत समाजवादी, नेकपा (माओबादी केन्द्र), नेपाली काँग्रेस, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा मिलेर एमालेविरुद्ध निर्वाचन लड्ने उहाँको भनाई छ ।

एकीकृत समाजवादीमा जनलहर बढ्दैगएको बताउदै उहाँले कार्यकर्ताहरुलाई उत्साहित भएर पार्टी काममा लाग्न निर्देशन दिनुभयो ।

सम्बन्धित खबरहरु