काठमाडौं । पछिल्लो २४ घण्टामा ३८७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

पाँच हजार ४०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ४०७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६० पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा १६ हजार ५२९ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपालमा हालसम्म सात हजार ५१९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु