काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ परेका छन् । एक भारतीय नागरिक पक्राउ परेका हुन् ।

मलद्वारमा लुकाएर ल्याइएको आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

मलद्वारमा लुकाएर ल्याएको आधा किलो सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

फ्लाई दुवईको उडानमार्फत दुबईबाट आएका भारत उत्तर प्रदेशका महमद जुहेवलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।

दुबईबाट सुन लिएर आएको सुराकका आधारामा प्रहरीले ट्वाइलेट गराएर जुहेवले मलद्वारमा लुकाएको आधाकिलो सुन बरामद गरिएको हो ।

उत्तर प्रदेशको बुलन्द शहर घर भएका जुबेदले एक्सरे मेशिनले रिड नगर्नेगरी जलप लगाएर सो सुन ल्याएका थिए ।

४२ वर्षका महमद जुवेदको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य परीक्षण गरिएको छ । उनले दुईवटा डल्ला सुन मलद्वारमा लुकाएर ल्याएका हुन् ।

सम्बन्धित खबरहरु