काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मालम्बीका महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

फाल्गुनन्द जयन्तीका अवसरमा उहाँले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक महागुरु फाल्गुनन्दका ज्ञान र उपदेशले समाजमा सकारात्मक प्रभाव पार्ने र सत्मार्गमा लाग्ने उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विशेष गरी पूर्वी नेपालका पहाडी जिल्लामा बसोबास गर्ने किराँत समुदायको शैक्षिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ ।

प्रधानमन्त्री देउवाले उहाँका प्रेम, अहिंसा, लैङ्गीक समानता तथा आध्यात्मिकताका सिद्धान्तले समाजमा आपसी सद्भाव र सहिष्णुता प्रवद्र्धन हुने बताउनुभएको छ ।

प्रधानमन्त्री देउवाले फाल्गुनन्द जयन्तीले सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खबरहरु