काठमाडौं । सामाजिक एकता र सदभावको पर्वको रुपमा मनाइँदै आएको छठपर्व उदाँउदो सूर्यलाई अर्घ दिई समापन्न भएको छ ।

बुधबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएको थियो भने आज विहिबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएर समापन्न भएको हो ।

तराई मधेशका जिल्लाहरुमा विशेष धुमधामकासाथ मनाइने यस पर्वमा पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाएर यो पर्व मनाउने गरिन्छ ।

दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा कोदो नखाने,दोस्रो दिन न्हाँ खाँ गरी दाने,तेस्रो दिन दिभरी उपवास बसेर साँझ सखर मिलाएको खिर खाने जसलाई खरना भनिन्छ ।

चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने र अन्तिम पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ दिएर समापन्न गर्ने गर्दछ ।

कृषकले उत्पादन गरेका अन्न, तरकारी मसलामा प्रयोग गर्ने वनस्पति केरा लगायतका सामग्रीहरुलाई प्रसाद बनाई चढाउने गरेको छठ पर्व परिवारिका सुख शान्ति र निरोगी रहन यो पर्व मनाउने गरिन्छ ।

के गरीव के धनी सवै जातिको एउटै घाट हुने यस पर्वले धार्मिकसहिष्णुता र आपसी एकतालाई मजबूत मनाउने यस पर्वको महिमा बढ्दै जान थालेको छ ।

यस वर्ष लहानको खुटी बलानर रघुनाथपुर पोखरीमा विशेष सजावटको साथ छठ मनाएको छ । घाट सजावटमा लाखौ खर्च गरिनुको साथै फरक विचारराजनीतिक दलहरु समेत हात मिलाउदै छठघाटमै पुगेर शुभकामना दिएका थिए ।

सम्बन्धित खबरहरु