काठमाडौं । नेपालमा आज पुनः सुनको मूल्य बढेको छ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको हो । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ ।

बुधबार सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भइरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । बुधबार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो ।

अर्कोतिर आज चाँदीको मूल्य बुधबारका तुलनामा रु २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

सम्बन्धित खबरहरु