काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यबसायीले जारी राखेको विरोध प्रदशनका क्रममा प्रहरी र कानुन ब्यबसायबीच धकेलाधकेल भएको छ ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसनका वकिलहरुको धर्ना दिँदै नाराबाजी गर्नुभएको थियो ।

त्यसलाई व्यबस्थापन गर्ने क्रममा कानुन व्यवसायीहरुले सुरक्षाकर्मीमाथि जबजस्ती गर्नुभएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो ।

सर्वोच्च प्रवक्त दाहालले कानुन व्यवसायीले सुरक्षाकर्मीमाथि जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको बताउनुभयो ।

‘कानुन व्यवसायीमाथि प्रहरी हातपात भएको होइन । प्रशासनिक निर्देशन पनि केही होइन । सुरक्षाकर्मी नियमित सुरक्षाको लागि आफ्नो कर्तव्य निर्वाह गर्नुभएको हो ।,’

उहाँले भन्नुभयो, ‘कानुन व्यवसायीले सुरक्षाकर्मी माथि जबरजस्ती गरेपछि सुरक्षाको दृष्टिकोणले स्थिति नियन्त्रणमा लिन खोजिएको हो ।’ यद्यपी सो क्रममा केही कानुन बयबसायी घाइते हुनुभएको जनाइएको छ ।

प्रहरीसँगको धकेलाधकेलमा ६ वकिल घाइते भएका छन् । बिहीबार सर्वोच्च अदालत अगाडि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरोधमा प्रदर्शनमा उत्रिएका वकिल प्रहरीसँग धकिलाधकेल गर्दा घाइते भएका हुन् ।

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष रक्षा बस्याल, पुर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, नेपाल बारका केन्द्रीय सदस्य रमन श्रेष्ठ र उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई, केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु