काठमाडौं । धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई सार्वजनिक गरिएको छ ।

कैलालीमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा पक्राउ परेका ८ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

मंगलबार राति टीकापुर नगरपालिका–१ मा खुकुरी प्रहार गरेर लम्कीचुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरिएको थियो । सोही आरोपमा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरु लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देबकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ बस्ने १८ वर्षीय निशान मल्ल, २२ वर्षीय कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले रहेका छन् ।

घटनास्थलबाट सु.प.प्र. ०१००८ प ५५६५ नम्बरको कालो रङको स्कुटर र हत्या गर्न प्रयोग भएको खुकुरी समेत बरामद भएको छ । प्रहरीका अनुसार हत्यामा संलग्न केही व्यक्तिहरु फरार छन्, उनीहरुको खोजी हुँदैछ ।

मंगलबार राति हत्या गरिएका बडुवालको बुधबार परिवारले शव बुझेर अन्त्येष्टि गरेका छन् । हत्याको विरोधमा विरोध प्रदर्शन हुँदै आएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु