काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएसँगै विरोध शुरु भएको छ । यो बीचमा नेत्र विक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ ।

जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु को मूल्यवृद्धिविरुद्ध नेपाल बन्द गर्ने घोषणा गरिएको हो । पार्टी महासचिव विप्लवले बिहीबार प्रेस वक्तव्यमार्फत नेपाल बन्दसहितको सङ्घर्षको कार्यक्रम घोषणा गरेका हुन् ।

जारी विज्ञप्तिमा कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचारप्रसार र साँझ मसाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन, दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्तिक, २८ गते बिहान १० देखि ११ बजेसम्म १ घण्टा चक्का जाम, कात्तिक, २९ गते दिउँसो सिट्ठी जुलुस, साँझ मसाल जुलुस र कात्तिक, ३० गते नेपाल बन्दसम्म लगायतका कार्यक्रमहरु रहेका छन् ।

सम्बन्धित खबरहरु