काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शन गरेको हो ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) बाहिर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा निस्केका उनीहरुले नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला पनि जलाएका छन् ।

नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ मूल्य बढाएको थियो ।

मूल्यवृद्धिको विरोधमा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थी संगठनले पनि आन्दोलन घोषणा गरेको छ ।

अर्कोतिर विप्लव नेतृत्वको नेकपा माओवादीले पनि नेपाल बन्दसहितका विभिन्न कार्यक्रमहरु घोषणा गरिसकेको छ ।

सम्बन्धित खबरहरु