काठमाडौं । सत्ता घटक दल नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको तयारीमा जुटेको समाजवादीको स्थायी कमिटी बैठक आज बस्न लागेको हो । बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।

आजको बैठकले कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकमा नेकपा (एमाले) सहितका विभिन्न पार्टी परित्याग गरी समाजवादी पार्टी प्रवेश गरेका एवं प्रवेश गर्ने तयारीमा रहेका नेताहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्ने योजना रहेको पार्टीले जानकारी दिएको छ ।

सम्बन्धित खबरहरु