काठमाडौं । सरकारी क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि ठुलो अवसर खुलेको छ । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) कोखुला प्रतियोगितात्मक परीक्षाको आवेदन फाराम भर्ने सूचना जारी भएको हो । आजको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापनमा विभिन्न पदका लागि आवेदन आह्वान भएको छ ।

जारी विज्ञापनमा भनिएको छ, ‘लोक सेवा आयोगको सहमति अनुसार देहायका पदहरू खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले तपसिल बमोजिम योग्यता पुगेका कुनै बात कसुर नलागेका योग्य नेपाली नागरिकले आफूले प्राप्त गरेको नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिमको प्रमाणपत्र तथा काम गरेको अनुभवहरूको प्रमाणित प्रतिलिपिहरू संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन र दोब्बर दस्तुर तिरी ७ (सात) दिनभित्र समितिबाट निर्धारित दरखास्त फाराम भरी समितिको प्रशासन महाशाखा वा प्रादेशिक प्रसारण कार्यालय र प्रसारण केन्द्रहरू मार्फत प्रशासन महाशाखामा आइपुग्ने गरी दरखास्त दर्ता गराउनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु