काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने बताएको छ ।

बार एसोसिएशनले गरेको आह्वान अनुसार कानुन व्यवसायी कार्यालय समय अगाडि नै नेपाल बार एसोसिएसनको कार्यालयमा भेला भएका हुन् ।

कार्यालय समय अगावै कानुन व्यवसायी सर्वोच्चमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोकेका छन् ।

कानुन व्यवसायीलाई सर्वोच्च छिर्न रोक लगाएपछि बार एसोसियसनको कार्यालय अगाडि कानुन व्यवसायी एकीकृत हुन थालेका हुन् ।

तर त्यसअघि नै सर्वोच्च प्रशासनले अदालतपरिसरमा कडा सुरक्षा व्यवस्था गरेको छ । अहिले सर्वोच्चको गेटमा ठूलो संख्यामा प्रहरी उपस्थित गराइएको छ ।

नेपाल बार एशोसियसनले अदालत परिसरमै आफूहरुमाथि दमन गरेको भन्दै आज प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने उल्लेख गरेको छ ।

सम्बन्धित खबरहरु