rp_singha_durbar-300x199.jpgकाठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न नियुक्तिहरु गरेको छ । सिंहदरबारमा वसेको बैठकले नेपाल आयल निगका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई नियुक्त गरेको छ ।

त्यस्तै बैठकले नेशनल ट्रेनिङ लिमिटेडको महाप्रवन्धकममा पूर्णशंकर बसीलाई नियुक्त गरेको छ भने टिम्वर कर्पोरेसनका अध्यक्ष कृष्णप्रसाद आचार्य तथा महाप्रवन्धकमा वीरेन्द्रकुमार यादवलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेको अध्यक्षतामा एक समिति गठन गर्ने निर्णय गरेको छ ।

बैठकले क्यानाडाका लागि नेपालका आवासीय राजदूत कालिप्रसाद पोखरेललाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठनको स्थायी प्रतिनिधि तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा.मीनेन्द्र रिजालले जानकारी दिए ।

सम्बन्धित खबरहरु