काठमाडौं । नेपाली बजारमा सुनको मुल्यमा पुनः भारी वृद्धि देखिएको छ । बिहीबार एकैपटक तोलामा एक हजार ३०० रुपैयाँले आकाशिएको सुनको भाउ शुक्रबार पनि उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ बढेको छ । महासंको मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९४ हजार ४०० पुगेको छ ।

हिजो बिहीबार यो सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ कायम रहेको थियो । सोही परिमाणको तेजावी सुन बिहीबार ९३ हजार ५०० रुपैयाँ रहेकोमा आज ९३ हजार ९०० रुपैयाँमा कारोबार हुँदैछ ।

अर्कोतिर चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार एक हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार भने एक हजार २८५ रुपैयाँमा कारोबार हुनेछ ।

सम्बन्धित खबरहरु