काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि आठ इजलासमा तोक्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले शुक्रबार एकल इजलास र सात संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ । आज सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ ।

प्रधानन्यायाधीश जबराले आज आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन । यता नेपाल बार एशोसिएसनले शुक्रबार बन्दी प्रत्यक्षीकरणलगायतका सबै मुद्दाका इजलास बहिष्कार गर्ने घोषणा गरेको छ ।

बिहीबार बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस गर्न नजाने निर्णय गरेको बारले शुक्रबार भने सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको हो ।

त्यस्तै कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ ।

कानून व्यवसायीहरुले मूल गेटमा धर्ना दिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अर्को गेटबाट सर्वोच्च अदालत भित्र प्रवेश गर्नुभएको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले शुक्रबार बिहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना दिएपछि उहाँ धर्ना छलेर सर्वोच्च अदालतमा प्रवेश गर्नुभएको हो ।

बिहीबारको प्रदर्शनमा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएपछि आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने कानुन व्यवसायीले घोषणा गर्नुभएको थियो । साथै आज सर्वोच्चमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सम्बन्धित खबरहरु