काठमाडौं । पछिल्ला दिनमा नेपालमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली बाहेक अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी तीन दिनसम्मको मौसम जानकारी साझा गर्दै महाशाखाले यस्तो बताएको हो । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ कार्तिक २६ गते (शुक्रबार)

दिउँसो: देशको प्रदेश न १ र प्रदेश न २ का भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

राती: प्रदेश न १ र प्रदेश न २ लगायत अन्य प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २७ गते (शनिबार)

दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

२०७८ कार्तिक २८ गते (आईतबार)

दिउँसो: देशका प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

सम्बन्धित खबरहरु