काठमाडौं । सङ्घीय सरकारका रक्षा मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्रप्रसाद रिजालले नेपाली कांग्रेसले वर्तमान सरकारको गठबन्धन कहिलेसम्म रहने भन्ने विषयमा कुनै निर्णय नगरेको बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले शुक्रबार बेलबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री रिजालले सो कुरा बताउनु भएको हो ।

गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न आयोजित कार्यक्रममा मन्त्री रिजालले गठबन्धन एमाले अध्यक्ष केपी ओलीलाई एक्ल्याउनका लागि मात्र नहुने उल्लेख गर्नुभयो । काँग्रेसले कसैलाई एक्ल्याउने र कसैसँग गबबन्धन गर्ने कुरा राजनीतिक मुद्दाका आधारमा गर्छ,उहाँले भन्नुभयो ।

केही दिन अघि गठबन्धन सरकारको साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गठबन्धन चुनाबसम्म कायम रहने कुराको खण्डन गर्दै मन्त्री रिजालले कुनै दल विशेषलाई एक्ल्याउने पक्षमा कांग्रेस नरहेको प्रष्ट पार्नुभयो ।

मन्त्री रिजालले भन्नुभयो–नेकपाको सरकार सर्बसत्तावाद र अधिनायकवादतर्फ उन्मुख भएकोले संविधानको रक्षाका लागि मात्र कांग्रेसले पाँच दलीय गठबन्धन बनाएको हो । अघिल्लो सरकार रहि रहेको भए वर्तमान संविधान जिवित नरहन सक्थ्यो । कांग्रेस संविधानको संरक्षण गर्न प्रतिवद्ध छ, उहाँले भन्नुभयो ।

नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गर्दै मन्त्री रिजालले विश्वभर नै उच्च राजनीतिक प्रतिष्ठा स्थापना गरेर गिरिजाप्रसाद कोइराला अस्ताउनुभयो । उहाँले नेपाली नागरिकका लागि गर्नु भएको योगदान नेपाली राजनीतमा सधैं अजर र अमर रहने बताउनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु