काठमाडौं । विश्वमा हरेक दिन नयाँ नयाँ कीर्तिमान बन्ने गरेका छन् । सामान्यतया गर्भाधारण भएको ९ महिना अर्थात् ४० हप्तामा शिशु जन्मिन्छन् । तर, हालै विश्वले एक नयाँ दृश्य देख्नुपर्यो ।

 

वास्तवमा अमेरिकाको दक्षिणपूर्वी राज्य अलाबामा एक शिशुले निकै कम समयावधिमै जन्म लिएका छन् । ती शिशु २१ हप्ता अर्थात् १४७ दिनमा जन्मिएका हुन्। निकै कम समयमा जन्मिएका ती शिशुले संसारकै कम समयमा जन्मिने शिशुको रुपमा प्रमाणपत्र पाएका छन् ।

कर्टिस मिन्स नाम दिइएका ती शिशु सन् २०२० जुलाई ४ मा जन्मिएका हुन् । जन्मिदा उनको तौल जम्मा ४२० ग्राम थियो । हाल जन्मेको १६ महिना पुगेका कर्टिस संसारकै कम समयमा जन्मिने शिशु भएको गिनिज वल्र्ड रेकर्डले पुष्टि गरेको छ । करिब १९ हप्ताअघि नै ती शिशुले आमा माइकल बटलरको गर्भबाट जन्म लिएका हुन् ।

बटलरले जुम्ल्याहा शिशु जन्म दिएपनि कर्टिससँगै जन्मिएका किस्याको भने जन्मिने वित्तिकै मृत्यु भएको थियो । सो समयमा कर्टिसको बाच्ने सम्भावना जम्मा १ प्रतिशत मात्र रहेको चिकित्सकले बताएका थिए । जन्मिएपछि भेन्टिलेटरमा राखिएका कर्टिसलाई तीन महिनापछि अस्पतालले डिस्चार्ज गरेको थियो ।

सम्बन्धित खबरहरु