काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अचानक अस्वस्थ्य हुनु भएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएको हो ।

अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा उहाँलाई घरमा आराम गर्न भनिएको छ ।

नेकपा माओवादीका महोत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको आज कार्यक्रम थियो ।

तर स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको छ । प्रचण्ड अहिले प्रचण्डनिवास खुमलटारमा चिकित्सकको निगरानीमा रहेको संयोजक ढुंगानाले जानकारी दिनुभयो ।

शनिबार रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्ड आउने कार्यतालिका थियो ।

प्रचण्ड नआउने भएपछि केन्द्रिय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडकाले बताउनुभयो ।

अर्कोतिर प्रचण्ड नआउने भएपछि रामगोपालपुर नगरपालिकाले आयोजना गरेको सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको छ ।

सम्बन्धित खबरहरु