काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु, जिका भाइरस जस्ता रोगहरुका कारण स्वास्थ्य क्षेत्रमा चिन्ताको विषय बन्दै आएको छ । जाडोयाम सुरु भइसक्दा पनि लामखुट्टेको कमी हुन नसक्दा यसले थप समस्या बढाएको छ ।

तर, जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेका अनुसार वर्खायाम सकिएलगत्तै र जाडोयाम सुरु हुने पोष्ट मनसुनी समयमा लामखुट्टेको वृद्धि हुनु स्वभाविक नै हो ।

‘दिउँसो टोक्ने लामखुट्टले जिका भाइरस सार्छ, यसको सार्ने माध्यम अन्यको भन्दा खतरा हुन्छ । यौनसम्पर्क र अंग प्रत्यारोपण गर्दा पनि संक्रमित मानिसले अरुमा सार्न सक्छ ।’, काफ्ले बताउनुहुन्छ । जिका भाइरस सार्ने लामखुट्टेले थोरै ओसिलो पानीमा मात्रै फूल पार्न सक्छ ।

काठमाडौं जस्तो अव्यवस्थित शहरमा गमला, बाल्टी जस्ता स–साना भाडामा राखिएको सफा पानीमा यो भाइरस सार्ने लामखुट्टे बस्ने गर्दछ । विशेषगरी, उष्णप्रदेशीय वायुमण्डल भएको देश र भूभागमा जिका भाइरसको संक्रमण हुने उहाँ बताउनुहुन्छ ।

सामान्यतया, भाइरल रोगहरुको लक्षण टाउको दुख्ने, रुघा लाग्ने, आँखा पोल्ने, नाकबाट पानी आउने जस्ता एउटै लक्षण भएकोले जिका भाइरसको लक्षण छुट्याउन समस्या पर्ने गरेको उहाँले बताउनुभयो ।

डेंगु सार्ने लामखुट्टले नै जिका भाइरस पनि साने हुदा यस विषयमा थप सचेतना फैलाउनुपर्ने आवश्यकता छ ।

यससँगै काठमाडौं महानगरपालिकाको स्थानीय तहबाट नै लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्न अत्यावश्यक रहेको र यसका लागि पहल पनि गरिएको उहाँले बताउनुभयो ।

जिका भाइरस परीक्षा एवम् उपचारका लागि किट रहे पनि यसका लागि संघिय सरकारले थप निर्णय गरेर अघि बढ्नुपर्ने र यसका साथै जिका भाइरसबाट हुने क्षति कम गर्न शैक्षिक चेतना पनि अभिवृद्धि गर्नुपर्ने उहाँको धारणा छ ।

सम्बन्धित खबरहरु