काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको बताउनुभयो ।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताउनुभएको हो ।

‘हामीले फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं,’ उहाँले भन्नुभयो ।

त्यस्तै, एमालेबाट समाजवादी क्रान्तिको पूरा हुन नसक्ने ठहर गर्दै उहाँले नयाँ पार्टी खोल्नु परेको समेत बताउनुभयो ।

साँथै, उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रुपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दावी गर्नुभयो ।

सम्बन्धित खबरहरु