काठमाडौं । पछिल्लो २४ घण्टामा २६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

पाँच हजार २२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, तीन हजार १८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४७८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४७२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार २७८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४ हजार ७१६ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबरहरु