काठमाडौं । प्रहरी मुडभेडमा दुई दर्जन भन्दा धेरै माओवादी लडाकुहरु मारिएका छन् । भारत, महाराष्ट्रको गडचिरोलीमा प्रहरीले २६ माओवादी मारेको दाबी गरेको हो ।

दैनिक भास्करका अनुसार गडचिरोलीका एसपी अंकित गोयलले आज जिल्लाको ग्यारापट्टी जंगलमा महाराष्ट्र प्रहरीको सी–६० युनिटसँगको भिडन्तमा २६ माओवादी मारिएको जानकारी दिनुभयो ।

सो भिडन्तमा तीन जवान पनि घाइते भएका छन् । केही दिन अघि प्रहरीले त्यहाँबाट भारू २ लाख इनामी माओवादी मङ्गरु माण्डवीलाई पनि पक्राउ गरेको थियो । मङ्गरुविरुद्ध प्रहरीमाथि आक्रमण, हत्याका धेरै मुद्दा दर्ता भएका छन् ।

सम्बन्धित खबरहरु