काठमाडौं । आज पनि देशको सर्वोच्च अदालतमा दुई सातादेखि आन्दोलनरत कानुन व्यवसायीहरुले आफ्नो आन्दोलन जारी राखेका छन् ।

उनीहरू प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित आज पनि धर्ना दिइरहेका हुन् ।

गत शुक्रबार पनि प्रधानन्यायाधीश जबरालाई प्रवेशमा रोक लगाउने उद्देश्यले कानुन व्यवसायीहरुले प्रदर्शन गरिसकेका छन् । तर जबरा अर्को पछाडिको गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभयो ।

कानुन व्यवसायीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने बताउनु भएको थियो ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने पक्षमा छन् ।

सम्बन्धित खबरहरु