काठमाडौं । कडा सुरक्षाबीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको छ ।

कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको हो ।

उहाँ एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गर्नुभएको हो । एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको छ । कानून व्यवसायीहरू अर्को मुख्य गेटमा धर्नामा छन् ।

यसैबीच सर्वोच्च अदालत भित्र प्रदर्शनमा सहभागी कानून व्यवसायीहरुलाई संयमित हुन प्रहरीले अपिल गरेको छ ।

धर्नामा बसेका कानुन व्यवसायीहरु त्यहाँबाट पनि उठेर अगाडि बढ्न खोजेपछि स्थिति तनावपूर्ण हुँदा प्रहरीले यस्तो चेतावनी दिएको हो ।

सोही क्रममा प्रहरीले माइकिङ गर्दै संयमित हुन आग्रह गरेको हो । अन्यथा बल प्रयोग गर्ने प्रहरीले चेतावनी दिएको छ ।

कानुन व्यवसायीहरुले माइक प्रयोग गरेर कोणसभा गर्न खोज्दा प्रहरीले माइक प्रयोग नगर्न भनेको हो ।

त्यसपछि केहीबेर तनावको स्थिति सिर्जना भए पनि अहिले माइक नै प्रयोग गरेर कोणसभा गरिएको छ ।

सम्बन्धित खबरहरु